निःशूल्क आयुर्वेद स्वास्थ्य शिबिर कार्यक्रम लिखुपिके गाँउपालिका -३ काप्लेचौर सोलुखुम्बुमा जिल्ला आयुर्वेद सोलुखुम्बुको आयोजनामा मिति २०८३/०१/२६ गते संचालन गरियो ।

निःशूल्क आयुर्वेद शिविर

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा लिखुपिके गाँउपालिकाको समन्वयमा गाँउपालिकाको  चौलाखर्कमा मिति २०८३/०१/२६ गतेका दिन निःशूल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भयो । महिला १४३ जना  ,पुरुष  ८७ जना गरि जम्मा २३० जना तथा ६३ जना सेवाग्राहीहरुले मधुमेय रोगको रगत जाँच सेवा समेत लिनुभएको थियो । प्रदान गरिएका सेवाहरुमा -पेट सम्वन्धि रोगहरु, हाड जोर्नी नसागत रोगहरु तथा वात रोगहरु, गुदविकारहरु सम्वन्धि रोगहरु, जेष्ठनागरिक तथा स्तनपायी आमाहरु बिशेष आयुर्वेद सेवाहरु,निःशूल्क सुगर जाँच, सामान्य रोगहरु रुघाखोकी,चर्मरोग आदिको परिक्षण तथा उपचार  भयो । साथै अन्य बिभिन्न परामर्श थेरापेटिक योग आदि समेत संचालन गरिएको थियो ।