national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा एकादशी - २६

परिचय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बु २०६२ सालमा स्थापना भएको एक सरकारी स्वास्थ्य संस्था हो । यो सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ नया बजार खुम्बुलेमार्गमा रहेको छ । जसले सोलुखुम्बु जिल्लाका जनतालाई आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्दछ। यो स्वास्थ्य मन्त्रालय कोशी प्रदेश अन्तर्ग सञ्चालन हुँदै आएको छ, जसको मुख्य उदेश्यनै स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु तथा रोग लागेका व्यक्तिको उपचार गर्नु हो ।

सोलुखुम्बु पूर्वी नेपालको एक दुर्गम हिमाली जिल्ला हो । जहाँ धेरै ग्रामीण क्षेत्रमा आधुनिक स्वास्थ्य सेवामा पहुँच सीमित रहेको छ। यस्तो अवस्थामा आयुर्वेद स्वास्थ्य केन्द्रले निशुःल्क रुपमा बिभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । यस केन्द्रले आयुर्वेदिक सिद्धान्तका आधारमा रोगको रोकथाम, ओ पि डि सेवा ,पञ्चकर्म / पूर्वकर्म सेवा , उपचारात्मक योग सेवा ,प्रयोगशाला सेवा ,योग सेवा, परामर्श तथा प्रवर्धनात्मक सेवा, बिद्यालय आयुर्वेद तथा योग सेवा, निःशूल्क औषधी वितरण तथा अन्य विभिन्न सेवाहरु निःशूल्क रुपमा प्रदान गर्दछ।साथै परम्परागत विधिबाट रोग निदान, जीवनशैली सम्बन्धी परामर्श जस्ता उपचार सेवाहरू उपलब्ध छन्। यी सेवाहरू प्राकृतिक स्रोतबाट प्राप्त जडीबुटीमा आधारित भई शरीर, मन र वातावरणबीच सन्तुलन कायम गर्ने उद्देश्य राख्दछन्।

साथै, सोलुखुम्बु जिल्लाका सबै स्थानिय निकायहरुमा आयुर्वेद स्वास्थ्य संस्थाहरु स्थापना भई निःशूल्करुपमा सेवा प्रदान गरिरहेको छ । समग्रमा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सोलुखुम्बुले सुलभ, कम खर्चिलो र समग्र उपचार विकल्पहरू प्रदान गरी ग्रामीण स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।