नागरिक आरोग्य अभियान तथा समन्वय कार्यक्रम

 "मेरो स्वास्थ्य मेरो जिम्मेवारी" भन्ने नाराका साथमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा नागरिक आरोग्य अभियान तथा समन्वय कार्यक्रम तपशिलमा उल्लेखित स्थानमा  यस आ.व. २०८२/०८३ मा संचालन गरियो ।

१, जनजागृति मा. वि. सोलु दुधकुण्ड  न.पा. ५ सोलुखुम्बुमा मिति २०८२/११/२७ लाभान्वित संख्या १२० जना ।

२, हिमगंगा मा.वि. लिखुपिके चौलाखर्क, सोलुखुम्माबुमा  मिति २०८३/०१/२५  शिक्षक  तथा विद्यार्थीहरु लाभान्वित संख्या ५७ जना ।

३, लिखुपिके गा‌.पा. चौलाखर्क, सोलुखुम्माबुमा मिति २०८३/०१/२५ पा.लि.का पदाधिकारी तथा कर्मचारीहरु लाभान्वित संख्या २७ जना ।

४,  सोलुदुधकुण्ड नगरपालिका वडा नम्वर ११ तिङला, सोलुखुम्बुमा मिति २०८३/०२/२१ पदाधिकारी तथा जेष्ठनागरिकहरु  लाभान्वित संख्या ४० जना (जेष्ठ नागरिकहरु लाई रसायन औषधी वितरणका साथमा)। 

५, नेचासल्यान गा.पा. नेचा ,सोलुखुम्बुमा मिति २०८३/०२/२५  पा.लि.का पदाधिकारी तथा कर्मचारीहरु लाभान्वित संख्या २४ जना । 

६, महाकुलुङ गा.पा. बुङ ,सोलुखुम्बुमा मिति २०८३/०३/०९ र १० गते लाभान्वित संख्या १८० जना( पालिकाका अध्यक्ष सहित पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु,शिक्षक तथा विद्यार्थीहरु ,स्थानिय अभिभावक तथा जेष्ठनागरिकहरु)

७, सोताङ गा.पा. सोताङको विरेन्द्र ज्योति मा.वि. सोताङ, सोलुखुम्माबुमा मिति २०८३/०३/१२ गते शिक्षक तथा बिद्यार्थीहरु लाभान्वित संख्या १२० जना ।

 

नागरिक आरोग्य कार्यक्रम नेपाल सरकारद्वारा सञ्चालित एक विशेष कार्यक्रम हो, जसको मुख्य उद्देश्य आयुर्वेद, योग, ध्यान र स्वस्थ जीवनशैलीको माध्यमबाट नागरिकहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ बनाउनु हो। "मेरो स्वास्थ्य मेरो जिम्मेवारी" भन्ने नाराका साथ यसले टोल-टोलसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेको छ। 

प्रमुख उद्देश्य तथा कार्यहरू

  • स्वस्थ जीवनशैली: नसर्ने रोगहरू (जस्तै: मधुमेह, उच्च रक्तचाप) को प्रकोप न्यूनीकरण गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन जोड दिइन्छ।
  • योग तथा ध्यान: शारीरिक तन्दुरुस्तीका साथै सकारात्मक सोच र व्यक्तित्व विकासका लागि योग अभ्यास गराइन्छ।
  • परामर्श: स्वस्थ खानपान र जडीबुटीको सही प्रयोगबारे नागरिकहरूलाई सचेत गराइन्छ।
  • औषधी वितरणः रसौषधी अश्वगन्धा चूर्ण  वितरण ।