पृष्ट भुमि
पृष्ट भुमि
आयुर्वेद चिकित्सा प्रणाली नेपालको प्राचीन र महत्वपूर्ण स्वास्थ्य सेवा प्रणाली हो, जसले प्राकृतिक तथा समग्र उपचार पद्धतिमा आधारित सेवा प्रदान गर्दै आएको छ। सर्वसाधारण नागरिकलाई सुलभ, सुरक्षित र प्रभावकारी आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोलुखुम्बु जिल्लामा यस आयुर्वेद अस्पताल स्थापना गरिएको हो।
यस अस्पतालले रोगको उपचार मात्र नभई रोग निवारण, स्वास्थ्य प्रवर्द्धन, जीवनशैली व्यवस्थापन तथा योग अभ्यास मार्फत समग्र स्वास्थ्य सुधारमा योगदान पुर्याउँदै आएको छ